दफा १०क
चलचित्र विकास बोर्डको गठन
(१) नेपाल सरकारले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनको
लागि सो क्षेत्रसंग सम्बन्धित व्यक्ति वा संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी एक चलचित्र
विकास बोर्डको गठन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने चलचित्र विकास बोर्डको गठनविधि एवं अन्य
कार्यहरु तोकिए बमोजिम हुनेछ ।